लिस्बन।
फिगोरिया दा फोजको एक स्थानीय नाइट क्लबमा गोली चलेको खबर छ। एक व्यक्तिले २ दर्जन राउण्ड भन्दा बढी गोली चलाएका छन्।
नाइट क्लबमा सबै घरजाने बेलामा भएको गोलीबारीमा कोही पनि हताहत नभएको स्थानीय प्रहरीले जानकारी दिएको छ। घटना आइतवार बिहानको हो।
फिगोरिया दा फोजको क्यासिनो ओसियानो भवन अगाडी एनबि नाइट क्लबमा सो घटना बिहान करिब ७ बजे भएको थियो। पर्यटकहरु खचाखच भएतापनि गोली प्रहर गर्ने व्यक्तिले सबै गोलीहरु भुइमा फायर गरेकोले सबै सुरक्षित रहेको प्रहरीले जनाएको छ।
प्रहरीले गोली चलाउने व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी अनुसन्धानबाट उक्त व्यक्ति पहिले पनि अपराधिक गतिविधिमा संलग्न रहेको पाईएको छ।