काठमाडौँ।
सत्तारुढ दल नेकपाका सचिवालय सदस्य एवं वरिष्ठ नेता वामदेव गौतमले पार्टीका लागि उपनिर्वाचन अनपेक्षित भएको बताएका छन् । उपनिर्वाचनको नतिजा नेकपाकै पक्षमा भए पनि नेकपाले जितेको क्षेत्र भक्तपुर, धरान उपमहानगरपालिका र केही वडाध्यक्ष पद गुमाउँनु पार्टीका लागि सुखद नभएको बताए ।
उनले भने “समग्ररुपमा उपनिर्वाचनको परिणाम नेकपाकै पक्षमा छ। तर भक्तपुर, धरान उपमहानगरपालिका र केही वडाध्यक्षमा पहिला हामीले जितेका थियौँ । अहिले ती ठाउँ गुमायौँ ।कांग्रेसले जितेको क्षेत्र खोस्नी र हामीले जितेको क्षेत्र जोगाउन सकेको भए उपनिर्वाचन नेकपाका लागि सुखद् हुन्थ्यो। आगामी दिनमा नेकपाले राम्रो काम नगरे अर्को निर्वाचनमा सकिने खतरा छ” ।