काठमाडौँ।
नेपालकी गौरिका सिंहले दक्षिण एसियाली खेलकुद (साग) को ३५ वर्ष लामो इतिहासमा एकल स्पर्धामा स्वर्ण जित्ने इतिहास बनाएकी छिन्।
उनले बिहीबार २ सय मिटर फ्रिस्टाइल स्पर्धामा स्वर्ण जितेकी हुन्। सन् १९८४ देखि सुरु भएको साग गेम्समा टिम इभेन्ट्समा नेपालले स्वर्ण जितेपनि एकल स्पर्धामा स्वर्ण जित्न सकेको थिएन।
२० वर्षपछि सागमा नेपालले स्वर्ण जितेको पनि यो दोस्रो अवसर हो। सन् १९९९ मा काठमाडौंमै आयोजना भएको आठौं साग गेम्समा नयना शाक्य लगायतको टोलीले टिम इभेन्ट्समा स्वर्ण जितेको थियो।
गौरिकाले २ मिनेट ०५ सेकेन्डमा दुरी पुरा गरेकी थिइन। गाैरिकाले ४ वर्षअघि भारतमा भएकाे १२ औं सागमा ४ वटा रजत पदक जितेकी थिइन्।