सुनको मूल्य घट्यो

काठमाडौं ।

पछिल्लो ३ दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट भइरहेको छ ।बुधवार र बिहीवार लगातार ओरालो लागेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रवार पनि प्रतितोला ३०० रुपैयाँले गिरावट भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार ७०० रुपैयाँ तोकेको छ । बिहीवार छापावाला सुन प्रतितोला ७२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । बिहीवार तेजाबी सुन प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो|सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत् रहेको छ । शुक्रवार चाँदी प्रतितोला ८५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार