वडाध्यक्षले गरे पत्रकारहरु माथि हातपात !

काठमाडौं|

बनेपा नगरपालिका-६ का वडाध्यक्ष सच्चिदानन्द केसीले स्थलगत रिपोर्टिङमा पुगेका करिब आधा दर्जन पत्रकारमाथि कुटपिट गरेका छन्।गत मंसिर १२ गते दुई सन्तानकी आमाको रहस्यमयी निधन भएको र हालसम्म पनि दाहसंस्कार नगरिएको विषयका बारेमा स्थलगत रिपोर्टिङ गर्न पुगेका रामचन्द्र दुलाल‚ सिबी खड्का (छक्कबहादुर खड्का)‚ प्रकाशचन्द्र दहाल लगायतका सञ्चारकर्मीमाथि वडाध्यक्ष केसीले निर्घात कुटपिट गर्नुका साथै माइक खोस्ने‚ भिडियो खिच्न अवरोध गर्नेजस्ता निन्दनिय काम गरेका थिए।

‘मेरो इलाकामा मेरो निर्देशनबिना जे मन लाग्यो त्यही गर्ने?’ भन्दै वडाध्यक्ष केसी पत्रकारमाथि जाइलागेका थिए।उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौंले खेद व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार