काठमाडौं।फिल्म ‘दि कर्मा’को अफिसियल टिजर आएको छ । टिजरमा अभिनेता बुद्धि तामाङ, करण वर्मा अभिनेत्री परमिता राज्यलक्ष्मी राणा र निता ढुंगाना लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
‘दि कर्मा’लाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन्।जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मको कथा जय राज रायले लेखेका छन्। फिल्मको निर्मातामा रायसँगै श्रीदेव बिएल र निशा खतिवडा रहेका छन् भने शारदा खड्का अर्याल सह–निर्माता हुन्
फिल्म ‘दि कर्मा’मा परमिता ‘लेडी डन’को रुपमा प्रस्तुत भएकी छन् भने नीता पुलिस अफिसरको भुमिकामा देखिएको छ । करण, नीता, परमिता, बुद्धिसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायत कलाकारको अभिनय रहेको फिल्म माघ १७ गते देखि प्रर्दशनमा आउँदै छ ।