बहुगुणी केराको बुङ्गो खानुका यस्ता छन् फाइदै फाइदा

काठमाडौं|

केरा धेरैलाई मनपर्ने फलफुल हो । निकै मिठो हुने केरा हाम्रो स्वास्थ्यको लागी पनि निकै फाइदाजनक छ । केरा मात्र होइन केराको बुङ्गो पनि हाम्रो शरिरको लागी धेरै नै फाइदाजनक छ । केराको बुङ्गो लाई मधुमेहका बिरामीको लागि फाइदाजनक मानिन्छ ।

केराको बुङ्गोमा अत्यधिक आईरनको मात्रा पनि पाइने हुनाले यसको सेबनले रक्तअल्पताबाट बच्न सकिन्छ । यदि महिलामा महिनावारी अनियमित छ भने केराको बुङ्गो सेवन गर्नाले नियमित महिनावारी हुन्छ । त्यस्तै यसको सेबनले महिलाको तल्लो पेटको दुखाईमा आराम मिल्छ ।

केराको बुङ्गो सेवन गर्नाले कब्जियतको समस्या हराउछ । केराको बुङ्गो सेवनले आमाको दुधमा पाईने पोषक तत्व वृद्धि गराउछ । केराको बुङ्गोको नियमित सेवनले ब्लड सुगरको लेभल कम राख्छ । केराको बुङ्गोले शरीरको रगतमा चिनीको मात्रा सन्तुलनमा राख्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार