वनभोज गएको कलेज बस दुर्घटना, २२ जना घाइते

– नारायण थापा, भक्तपुर ।

मदन भण्डारी मेमोरियल कलेजको बस दुर्घटना भएको छ । शुक्रबार बिहान सूर्यविनायक नगरपालिकास्थित वनभोजका लागि गएको बस ब्रेक फेल भइ दुर्घटना भएको हो ।

शुक्रबार बिहान कलेजबाट भक्तपुरको सुर्यविनायक नगरपालिका ८ घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको रिद्दिसिद्दी यातायातको बा ५ ख ४२८६ नम्बरको बस सडकमै पल्टेको महानगरीय प्रहरी वृत जगातीका डीएसपी चक्रराज जोशीले जानकारी दिनुभयो। उहाँकाअनुसार ११ वटा गाडीमा कलेजका विद्यार्थीहरु र शिक्षकहरु बनभोजका लागि गएका थिए ।

दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये २ जना गम्भीर छन् भने, अन्य २० जनाको अवस्था सामान्य छ । दुर्घटनाका घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । आजको जनता समाचारमा खबर छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार