काठमाडौं ।
आइतबार राति निधन भएका चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार केशव भट्टराईको आज(सोमबार) २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।चलचित्र विकास बोर्डका अनुसार उनको पार्थिव शरीर मध्याह्न साढे १२ बजेदेखि साढे १ बजेसम्म बोर्डको कार्यालय चावहिलमा राखिने छ भने २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।
भट्टराईको ५४ वर्षको उमेरमा गएराति निधन भएको हो । भट्टराईलाई हृदयघात भएपछि चाबहिलस्थित ओम अस्पतालमा लगिएको थियो ।अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।टेलिचलचित्र तथा चलचित्रहरुमा अभियन गरेका भट्टराईले ‘आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, कर्मयोद्धा, यात्रा सहितका चलचित्रको निर्माण गरेका थिए ।भट्टराई २०७५ साल चैत ४ गते चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका थिए ।