पौडेल पक्षले बहिस्कार गरेपछि बस्नै सकेन कांग्रेस बैठक !

काठमाडाैं ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष अनुपस्थित भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ ।

बैठकका लागि पार्टी कार्यालय पुगेका संस्थापन पक्षका नेताहरु आन्तरिक छलफल गरेर फर्किएका छन् । कांग्रेस केन्द्रीय समितिको बैठक १ बजे बोलाइएको थियो ।

तर त्यसअघि उपसभापति विमलेन्द्र निधिले पौडेल समूहको वार्ता टोलीलाई भेटेर छलफल गरेको थियो । कुराकानी सकारात्मक भएको बताइए पनि कुनै सहमति हुन सकेन र, पौडेल समूहले १४औं महाधिवेशनको कार्यतालिका नबाउने सहमति नहुँदासम्म बैठकमा नआउने अडानमा दोहोर्‍याएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार