डा. बाबुराम भट्टराईको घरको हालत यस्तो ! ( फोटो फिचर )

काठमाडौ ।

पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई श्रीमती हिसिला यमीको साथ गोर्खा स्थित आफ्नो पुर्खौली घर पुगेका छन् । सामाजिक संजालमा तस्विरहरु सार्वजनिक गर्दै डा.भट्टराईले आफ्नो पुर्खौली घरको अवस्था देखाउदै अब प्रबलीकरण गर्ने उल्लेख गरेका छन् ।

प्रबलीकरण गर्नका लागि भट्टराई दम्पतीले पूनर्निर्माण प्राधिकरण र सम्बद्ध संस्थाका इन्जिनीयर/सहकर्मीहरू लगेर परामर्श लिएका छन् । डा.भट्टराईका अनुसार उक्त घर ढुंगा,माटो र काठबाट बनेकोले त्यहि स्वरुपमा प्रबलिकरण गर्ने निधो गरेका छन् । आफ्नो पुर्खौली घरको अवस्थालाइ परिमार्जित गर्दै सुरक्षित र बढी वातावरणमैत्री बनाउने निधो गरेको कुरा समेत उल्लेख गरेका छन् ।

डा.भट्टराईले अहिले घर ढुंगा,माटो र काठबाट बनेको घरहरु सुरक्षित र बढी वातावरणमैत्री छन् भनेर आम जनतालाई बुझाउन गाह्रो परेको प्राधिकरणका अधिकारीहरूले बताएको जानकारी समेत दिएका छन् । प्राधिकरणका अधिकारीहरुको सुझाव अनुसार भट्टराई दम्पतीले पुर्खौली घरलाई प्रबलीकरण गर्ने निधो गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार