आजको मुख्य समाचार –
* पार्टी र सरकार एकपक्षीय ढंगले चलाएको भन्दै नेकपा स्थायी समितिमा अध्यक्षद्धय ओली र दाहालको चर्को आलोचना / आफू निकटकालाई मन्त्री बनाएकोदेखि नेताको मूल्यांकन नगरेको आरोप ।
* पाँच महिनामा १ हजार ७ सय सवारी दुर्घटना / औसतमा दैनिक ७ को मृत्यु / ४० घाइते / सरोकारवालामा गम्भीरता नै देखिएन ।
* लगातारको हिमपातले उच्च पहाडी जिल्लाको सडक र हवाइ यातायात ठप्प / हुम्लामा विद्यार्थी आगो तापेर परीक्षा दिन बाध्य ।
* भारतमा विवादास्पद नागरिकता कानुनविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि संयम रहन प्रधानमन्त्री मोदीको आग्रह / पश्चिम बंगालमा मुख्य मन्त्रीकै आव्हानमा विरोध र्याली ।
* ए डिभिजन लिगमा विभागीय टिम त्रिभुवन आर्मी क्लबको विजयी सुरुवात / च्यासलले संकटालाई दुई शून्यले हरायो ।