– आशिष बहादुर सिंह, बझाङ ।
हिउँले पुरिएर सुर्मा गाउँपालिकामा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गाउँपालिका वडा नम्बर १ का १८ बर्षीय कविराज बोहरा र १४ बर्षीय सहदेव बोहरा रहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार जडिबुटी संकलनका लागि गत मंसिर २५ गते घरबाट सुर्मा गाउँपालिकाको ओखल भन्ने ठाँउमा गएका उनीहरु मृतक भेटिएका हुन् ।
लामो समय बित्दासमेत घर फिर्ता नभएपछि खोजी गर्ने क्रममा मंगलबार दुवै जना मृत अवस्थामा फेला परेको सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताउनुभएको छ । दौलीचौरबाट खटिएको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक गणेश बमकाे बनाइ छ ।