जाडो महिना मुटुका लागि निक्कै असरदार छ । हार्ट अट्याक अर्थात (हृदयघात) जाडो मौसममा उच्च हुने चिकित्सकहरुको भनाई छ । हुन त आजकाल यो शब्द धेरैनै सुनिदै आएको शब्द हो । तर कसरी हुन्छ हार्ट अट्याक । यसको मुख्य कारण के हो ? यस बारे राम्रो संग जान्न र बुझ्न जरुरी छ । मुटु हाम्रो शरिरको एक महत्वपूर्ण अंग हो । जुन लाखौ कोषहरु मिलेर बनेको हुन्छ । जसलाई लगातार पोषणको आवश्यकता हुन्छ । मुटुलाई चाहिने पोषण भन्नाले अक्सिजन , सोडियम , क्याल्सियम , पोटासियम , म्याग्नेसियम जस्ता धेरै तत्वहरुको आवश्यक पर्छ। यस्ता तत्वहरु सन्तुलित अवस्थामा हुनुले मुटुलाई चौबिसै घण्टा चलायामान राख्न मद्धत पुग्छ । मुटुलाई चाहिने यस्ता पोषण तत्वहरु रक्तनलीको सहायतामा बग्ने गर्छन् । त्यसमा पनी अक्सिजनको मात्रा सबै भन्दा बढी आवश्यक हुनजान्छ।
हरेक कोषमा सहि र सन्तुलित अवस्थामा पोषण तत्व पुर्याउने काम साना साना रक्तनलीहरुले गर्छन्। त्यस्ता रक्तनलीहरु विभिन्न कारणले कहिले काँही साँघुरीने समस्या हुन्छ । यसरी रक्तनली साँघुरीदा , ठप्प हुँदा वा कुनै अवरोध आउँदा मुटुलाई आवश्यक तत्वहरु सहिमात्रामा पुग्न सक्दैन । यस्तो अवस्थामा मांसपेशी अर्थात मसलले काम गर्न छोड्छ र त्यही अवस्थालाईनै हार्ट अट्याक अर्थात ुहृदयघातु भन्ने गरिन्छ ।
मुटुको देब्रे मुख्य नली अवरोध भएमा त झन् हृदयघात प्राणघातक पनि हुन सक्छ । यस्तो अवस्थामा मानिसको तत्काल ज्यान जान पनि सक्छ । कहिले काँही साना साना धमनीहरुको अवरोध भएर भएको हृदयघात मानिसलाई थाहा नहुन पनि सक्छ। तर ठूलो नलीमा अवरोध भएमा भने जो कोहीले सहजै अनुमान लगाउन सक्छ । यस्तो अवस्थामा छातिको बिच वा देब्रे कोखातिर बेस्सरी थिचेको जसरी दुख्ने गर्छ । अत्याधिक पिडाको महसुस हुन्छ भने सास फेर्ने गार्हो हुन्छ । यस्तो अवस्थामा चिट् चिट् पसिना आउँने , वाक वाक लाग्ने र उस्तै परे मानिस बेहोस समेत हुन सक्छ।
जाडो मौसममा शरिरको तापक्रम कम हुने भएकाले सन्तुलित अवस्थामा राख्न मुटु को मांसपेशीले बडी काम गर्नु पर्छ । यस्तो बेलामा अक्सिजनको मात्रा झन् धेरै आवश्यक हुने गर्छ भने रक्तनलीबाट प्रयाप्त मात्रामा मुटुलाई आवश्यक तत्वहरु पुग्नु पर्ने हुन्छ । यहीबेलामा अवरोध भएर वा कुनै कारणले नली सानो भई प्रयाप्त मात्रामा कोषहरुमा अक्सिजन नपुगेमा हृदयघात हुन सक्छ । त्यस्तै जाडो मौसममा हाम्रो शरिरको रगत आफैमा पनी बाक्लो हुने र रगतको आफै ढिक्का बन्ने हुनाले पनी हृदयघात हुने गर्छ । जाडो मौसममा मुटुरोगीहरुले धेरै नै सावधानी अपनाउनु पर्छ भने समस्या आउँदा तुरुन्तै बिशेषज्ञ चिकित्सकको सल्लाह लिनु पर्छ ।
यी हुन् बच्ने उपाए
विशेषगरी उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोलले नली जाम गराउने वा नलिमा अवरोध सिर्जना गर्न सक्छ । यस्ता समस्यालाई समयमानै नियन्त्रणमा राख्न सकेमा हृदयघात हुने जोखिमबाट आफुलाई बचाउन सकिन्छ । यो संगै मोटोपन कम गर्ने, नियमित व्यायाम गर्ने तनावबाट मुक्त हुने र जिवनशैलीमा सुधार ल्याउने हो भने हृदयघातको जोखीमबाट धेरै हद सम्म बञ्चन सकिन्छ ।
हृदयघात सम्बन्धी धेरैले सुनेको भएतापनी आफुलाई समस्या नआउन्जेल मानिसहरुले खास्सै ध्यान दिएको पाईदैन । त्यसमाथी हृदयरोगका लक्षणहरु साधारण हुने भएकाले पनी मानिसहरु खास्सै सचेत भएको पाईदैन । कतिले त सामान्य अनुमान समेत नलाउन सक्छन् । यो अकस्मात आईपर्ने समस्या हो ।