पोर्तुगाली नागरीकभन्दा आप्रवासी शिशु जन्मदर ३ गुणा बढी !

लिस्बन।

पोर्चुगल सरकारले सार्वजनिक गरेको एक तथ्यांक अनुसार यहाँ पोर्तुगाली नागरीकहरुबाट भन्दा आप्रवासी नागरीकहरुबाट ३ गुणा बढी शिशुहरू जन्मिएका छन् ।

सन् २०१८ मा प्रत्येक एक हजार पोर्तुगाली महिलाबाट १४ शिशु जन्मिदा सोही समयमा एक हजार आप्रवासी महिलाबाट ४० शिशु जन्मिएको तथ्यांकले देखाएको छ।

सन् २०१७ सम्म पोर्चुगलमा जन्महुने शिशुहरुको ११ प्रतिशत मात्रै आप्रवासी महिलाहरुबाट जन्म भएको थियो। पोर्चुगल सरकारले सन् २०१८ मा राष्ट्रिय आप्रवासी नीतिमा हेरफेर गर्दै पोर्चुगलमा जन्म हुने आप्रवासीहरुको शिशुलाई जन्मसिद्धको आधारमा पोर्चुगलको राष्ट्रियता वा नागरिकता दिएपछि यो संख्या तेब्बर भएको हो।

आप्रवासीहरुबाट शिशु प्रजनन दर अधिक वृद्धि भएसंगै आवासमा पोर्तुगाली र विदेशीहरू बीच धेरै असमानताहरू पनि छन्। रिपोर्टका अनुसार सन् २०१८ मा अधिक भिडभाड घरमा बस्ने पोर्तुगाली नागरिकको संख्या ८ प्रतिशत छ भने २५.७ प्रतिशत आप्रवासीहरु क्षमताभन्दा बढी व्यक्तिहरु घरमा बस्ने गरेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार