प्रचण्ड पत्नी सीता रामदेवको आश्रममा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल उपचारका लागि हरिद्वारमा रहेको पतञ्जली योगपिठमा पुगेकि छिन्।

उनले योगपिठमा बाबा रामदेव र आचार्य बालकृष्णसँग भेट गरेकी छन्। सामाजिक सञ्जालमार्फत् छोरी गंगाले रामदेव र बालकृष्णसँगको भेटका तस्बिर सार्वजनिक गरेकी छन।

सीता लामो समयदेखि बिरामी छन्। उनको उपचार स्वदेश तथा विदेशमा निरन्तर भइरहेको भए पनि सुधार हुन सकेको छैन। छोरा प्रकाश दाहालको निधनपछि भने उनी हिडडुल गर्नसमेत नसक्ने अवस्थामा छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार