नेपालमा विद्युतीय मोटरसाइकलको जन्म , हामी सवैले गर्व गरौ


एचबी ताम्राकार/जापान
नेपाली युवाहरुको सपना पुरा भएको छ । यो नेपाल र नेपालीकालागि गर्वको कुरा हो ।यि हाम्रा युवाहरुसंग मेरो परिचय त छैन् तर यिनको कामसंग मेरो परिचय लगभग नजिक बनाईदिएको छ । आज मेरो वालबाट सेअर गर्दैछु ।

किनकी यो प्रयास सफल त भयो तर नेपाली युवाहरुले अत्यधिक मन पराएर आफ्नै नेपालमा बनेको बाईकलाई प्रयोगमा ल्याएर विदेशी दलाल सामु नेपालको प्रोडक्शन लाई सम्मान गर्ने समय आएको छ ।विदेशी सामानलाई विस्तारै विस्थापित गर्ने अवसर नेपाल सामु आएकाले यस्को भरपूर सदुपयोग गरौ ।

यात्री मोटरसाइकल्स्’ को पहिलो परियोजना ‘प्रोजेक्ट जीरो’ को काम सकिएर , लन्च पनि भएको छ । युवा अशिम पाण्डे जी को यो टोलीले बिहीबार यो परियोजनाको औपचारिक ‘लन्च गरेको हो । सानै उमेरमा मोटरगाडीप्रति रुचि राख्ने अशिमले नेपाल आएर, स्वदेशी ब्राण्डको कम्पनी खोलेर नेपाली युवाले चाहेभने जे पनि हुन्छ भनेर स्पष्ट पारेका छन् ।

पाण्डेले नेदरल्याण्ड्सको ‘डेलफ्ट युनिभर्सिटी अफ टेक्नोलोजी’ (टीयू डेलफ्ट) बाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि सुपर कार निर्माता कम्पनी ‘डोंकरभूर्ट’ लगायतमा दुईवर्ष भन्दा बढी काम गरेर धेरै अनुभव बटुलेका थिए । विदेशी भूमिबाट युवाहरुले पैसामात्र होईन् , ज्ञान , सिप , अनुभव , राम्रो सिस्टम, देश निर्माण गर्ने तौरतरिका , राष्ट्रभक्तिको भवना लगायत कुराहरु हुन् ।

अशिम जी ले त्यहाँका कम्पनीले चारपाङ्ग्रे गाडी कसरी निर्माण गर्दा रहेछन् भन्ने ज्ञान प्रयोगात्मक हिसाबले सिक्न पाएको उनी बताउँछन् । ‘डोंकरभूर्ट’ कम्पनीमा काम गर्दा सिकेको ज्ञान नेपालमा समेत प्रयोग गर्न सके देशका लागि धेरै फाइदा हुने सोचले नेपालमा काम गर्ने योजना बनाएका हुन् ।

सन् २०१७ मा नेपाल फर्केपछि कम्पनी खोल्ने योजनामा लागे, अशिम । यो कदम नेपाल र नेपालीकालागि गर्व गर्न लायकको हो ।विस्तारै नेपालकै माटो सुहाउदो प्रोजेक्टहरुले स्थान पाउने छ । सवैभन्दा लाभान्वित हामी नेपाली नै हुनेछौ ।

हामी गर्वकासाथ भन्न सक्छौ की प्रोजेक्ट जÞिरो बाईक नेपालमै बनेको हो । यो हाम्रो कमाल हो । हाम्रो युवाहरु ले सन् २०१८ को जूनमा सातजनाको समूह तयार गरे र एउटा कम्पनी दर्ता गरियो– ‘यात्री मोटरसाइकल्स्’ । ‘यात्री मोटरसाइकल्स्’ को पहिलो परियोजना ‘प्रोजेक्ट जीरो’ को फल हो प्रोजेक्ट जिरो । ‘यात्री मोटरसाइकल्स्’का संस्थापक अशिम पाण्डेले चेसिस डिजाइन गरेका हुन् । जीरो प्रोजेक्टमा मेकानिकल इन्जिनियर कनिष्क सुवाल इन्डस्ट्रियल डिजाइनर हुन् ।

त्यस्तै मेकानिकल इन्जिनियर अशेष श्रेष्ठले टेस्टिङ, एम्बेडेड सिस्टम इन्जिनियर सुलभ श्रेष्ठले सफ्टवेयर डिजाइन गरेका छन् । ब्याचलर्स इन कम्प्युटर साइन्स सार्थक शर्मा (पौडेल) एप्लिकेसन डेभलपर हुन् ।त्यसैगरी इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक इन्जिनियर कृष्ण श्रेष्ठ इलेक्ट्रिक आर्किटेक्चर र बत्सल पान्डेले बिजनेस डेभलपमेन्टको काम हेर्छन् ।

‘यात्री मोटरसाइकल्स्’ नेपालमा पहिलो पटक दुई पाङ्ग्रे विद्युतीय मोटरसाइकल बनाएर (उत्पादन गरेर) बजारमा ल्याउने काम सफल भएको छ। विद्युतीय मोटरसाइकलका लागि आवश्यक पार्टपुर्जाहरू आफैंले डिजाइन गर्ने र डिजाइन अनुसारका पार्टपुर्जा तयार गर्ने फ्याक्ट्रीलाई अर्डर दिएर देश बाहिरबाट मगाउने गरेका छन् ।

नेपालमा उपलब्ध नहुने पार्टपुर्जाहरू युवा इन्जीनियरहरुले आफै डिजाइन गरेका हुन् । मेनुफ्याक्चर्स पार्टनर्सका रूपमा रहेका कम्पनीलाई अर्डर दिइन्छ ।

उहाहरुको डिजाइन अनुसारका सामान तयार भएपछि मेनुफ्याक्चर्स पार्टनर्स् कम्पनीले तुरुन्त नेपाल पठाउँछन् ।विशेष गरेर यूएस, नर्थ अमेरिका, चाइना, भारत लगायत यूरोपेली देशहरू मेनुफ्याक्चर्स पार्टनर रहेका छन् । यो हो समृद्धिको पहिलो पाईला ।

युवाहरु सवै जागौ । आफ्नो ठाउबाट सवैले भुमिका खेलौ । देशमै बनेका सामानहरु प्रयोगमा ल्याउ । देशलाई छिट्टै समृद्ध, शक्तिशाली र सुन्दर बनाऔ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार