– सम्झना अधिकारी/प्रविन धिताल , पोर्चुगल ।
पोर्चुगल सरकारले निकालेको एक तथ्यांकले पोर्चुगलको अर्थतन्त्रमा आप्रवासीहरुले सन् २०१३ मा गरेको योगदानभन्दा २०१८ मा गरेको योगदान दोब्बर भएको देखाएको छ।
यो पनि पढ्नुस् !
पोर्चुगलमा सबैभन्दा बढी आप्रवासी वृद्धिमा नेपाली पहिलो नम्बरमा !
२०१८ मा मात्रै आप्रवासीहरुबाट यहाँको सामाजिक सुरक्षाले ( सोसियल सेगुरान्सा ) ६५१ मिलियन युरो कमाएको रेकर्ड सार्वजनिक भएको छ। अघिल्लो बर्ष आप्रवासीहरुले सामाजिक सुरक्षामा प्राप्त गरेको भन्दा आठ योगदान गरे।
यो पनि पढ्नुस् !
पोर्चुगलमा काम गर्ने विदेशी नागरिकहरुलाई एक घण्टामै सामाजिक सुरक्षा नम्बर( NISS ) दिईने !
२०१८ मा आप्रवासीहरुले पोर्तुगलको सरकारलाई ७४६.९ मिलियन युरो कर दाखिला गरेका छन् भने सोही समयमा ९५.६ मिलियन युरो सामाजिक सुरक्षा लाभ लिएका छन्। तथ्यांकले देखाउछ कि , आप्रवासीहरुले पोर्चुगल सरकारलाई आफुले लिएको लाभभन्दा ६५१ मिलियन युरो बढी कर तिरेका छन्।
यो पनि पढ्नुस् !
पोर्चुगलमा गत बर्ष कानुनतः बसोबास गर्ने आप्रवासीहरुको संख्या ४ लाख ८० हजार नाघ्यो !
देशको अर्थतन्त्रमा आप्रवासीहरुले दिएको योगदानका कारण पोर्चुगल सरकारले खुकुलो आप्रवासी नीति अवलम्बन गर्दै आएको छ। एकातिर सरकारको खुकुलो आप्रवासी नीति छ भने अर्कोतिर आवास अनुमतिमा सेफले गर्ने ढिलाईका कारण आप्रवासी मारमा परेका छन्।
यो समाचार पढ्न छुट्यो कि ?
पोर्चुगलमा ‘वर्क परमिट ‘ को पिडा : ३-३ महिनासम्म बेरोजगार, स्पोन्सर कम्पनी भन्छ ” अन्तै काम खोज “