अदालतले धरौटीमा रिहा गर्न आदेश दिएका विप्लव नेकपाका नेताहरु उल्टै कारागार चलान !

दाङ ।

विप्लव नेकपाका २१ जना केन्द्रीय सदस्यहरुलाई दाङ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि उनीहरु कारागार चलान भएका छन् ।

जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलाशले उनीहरुलाई १५/१५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

चन्द्रबहादुर थापा, केशबहादुर बाँठालगायत २१ जना राजपुरको मगराइनाबाट पक्राउ परेका थिए । अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि पुनः पक्राउ गर्ने संभावना देखिएपछि धरौटी नबुझाएका उनीहरु कारागार चलान भएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार