यु–१५ महिला फुटबलमा नेपालद्वारा भुटान पराजित

काठमाडौं ।

नेपाली राष्ट्रिय १५ वर्षमुनि (यु–१५) महिला फुटबल टोलीले भुटानको यु–१५ महिला टोलीलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मा सोमबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा अमिशा कार्कीले ‘ह्याट्रिक’ पूरा गरिन् । उनले १२, ४८ र ५४औं मिनेटमा ३ गोल गरिन् । यस्तै, कप्तान प्रिति राईले २ र सुनकली राईले एक गोल थपिन् ।

प्रितिले खेलको ४४, ८९औं मिनेटमा गोल गर्दा सुनकलीले खेलको पाँचौं मिनेटमा गोल गरिन् ।

भुटानकी कप्तान डिकी लाजोमले खेलको १४ औं मिनेटमा एक गोल फर्काएकी थिइन् ।

अब नेपालले बुधबार भुटानसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार