गायक रामकृष्ण ढकाल जोडीको भयो सम्बन्धविच्छेद !

गायक रामकृष्ण ढकालले आफ्नी श्रीमती निलम शाह ढकालसँग सम्बन्धबिच्छेद गरेका छन् ।

बुधवार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासले उनीहरूबीच सम्बन्धबिच्छेद भएको निर्णय सुनाएको हो । जिल्ला अदालतका श्रेस्तेदात आनन्द श्रेष्ठका अनुसार श्रीमती निलम शाह ढकालले मंगलवार सम्बन्धविच्छेदको निवेदन दिएकी थिइन् ।

उनले दिएको निवेदनका आधारमा जिल्ला अदालतले बुधवार दुवैको सम्बन्धविच्छेद भएको फैसला सुनाएको हो । फैसला अनुसार निलमले रामकृष्णबाट कुनै सम्पत्ति लिने छैनन् भने छोरी रानी ढकाल निलमसँगै रहनेछिन् ।

२०३१ साल साउन ८ गते जन्मेका ढकाल धेरै संघर्षपछि गायन क्षेत्रमा स्थापित भएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार