दोहा।
कतारको राष्ट्रिय दिवसको अवसरमा त्यहाँको सरकारले जेलमा रहेका ९ नेपालीले आममाफी दिएको छ।
कतारले आफ्नो राष्ट्रिय दिवसका अवसर पारेर कतारको केन्द्रीय कारागारमा विभिन्न आरोपमा जेल सजाय भोगिरहेका ९ जना नेपाली कैदी बन्दीहरुलाई कतार सरकारले आममाफीसहित रिहाइ गरेको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।
आममाफी पाएका नेपालीलाई स्वदेशफिर्तीका लागि सहज बनाउन दूतावासको टोली घरफिर्ती केन्द्रमा गएर अवस्था बुझिसकेको छ । आममाफी पाएकामध्ये चार जनाको पासपोर्ट नभएको र उनीहरुको यात्रा अनुमती पत्र घरफिर्ती केन्द्रमा नै उपलब्ध गराएको दूतावासले जनाएको छ ।
कतारले आफ्नो राष्ट्रिय दिवस डिसेम्बर १८ का दिन मनाउँछ ।