गोरुसिंगे हत्यामा काण्डमा बुहारीको संलग्नता !

कपिलवस्तु ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोलीले गत मंसिर १३ गते कपिलवस्तुको गोरुसिंगेमा भएको हत्यामा बुहारीको संलग्नता रहेको निष्कष निकालेको छ । गोरुसिंगेमा ५५ बर्षिय धनराज पौडेल आफ्नै कोठामा बिभत्स रुपमा मृत अवस्थमा भेटिएका थिए । सो घटनामा आफनै बुहारी लक्ष्मीको संलग्नता रहेको भन्दै सासु हुमकला पौडेलले ईलाका प्रहरी कार्यालय गोरुसिंगेमा किटानी जाहेरी दिएकी थिइन । हत्या रहस्मय बन्दै गएपछि त्यसको अनुसन्धान र छानबिनका लागि गत मंसिर तेश्रो साता सिआईबीको ३ सदस्सीय टोलीले अनुसन्धान गरेको थियो ।

ईलाका प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक सुभाष खड्का र सिआईबी टोलीले घटनामा बुहारी कै संलग्नता देखाएको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताए । सिआइबी अनुसन्धानले घटनामा लक्ष्मीको संलग्नता पुष्टि हुने चारवटा कारण देखाएको छ ।

पहिलो कारण लाशमाथी लक्ष्मीकै मोबाइल भेटिनु दोश्रो हत्यामा घरकै हतियार प्रयोग हुनु, तेश्रो कारण घटना लुकाउन आफैले हल्ला गर्नु र चौथोकारण फारेन्सिक ल्याब टेस्टमा समेत लक्ष्मीको लुगामा लागेको खुन धनराज कै रहेको पाइनुले घटनामा बुहारी लक्ष्मीको संलग्नता पुष्टी भएको प्रहरी उपरिक्षक मल्ले बताए । किटानी जाहेरी, प्रहरी अनुसन्धान पछि लक्ष्मीमाथी कर्तब्य ज्यान मुद्दा चलाईएको उनले बताए ।

लक्ष्मीलाई अदालतमा पेश गरिएको र उनको बयान लिने काम भईरहेको श्रोतले जनाएको छ । यद्यपी लक्ष्मीले सो घटनामा आफनो कुनै संलग्नतना नरहेको बताएकी छिन । प्रहरीले बिभिन्न ब्यक्ति, छिमेकीहरुसंग साधेपुछ गर्दा घटनाका दिन त्यहा कुनै अपरिचित ब्यक्ति आएको देखिएन । लक्ष्मीले योजना बद्धरुपमा हत्या गरेको र हत्याको बेला टिभिको आवाज समेत बढाएकी थिईन । ‘हत्या निकै चलाखीपुर्ण तरिकाले गरिएको छ,’ प्रहरी नायब उपरिक्षक मल्ले भने ।

२ बर्षे छोरालाई लक्ष्मीको श्रीमान शंकरलाई जिम्मा लगाईएको छ । लक्ष्मीको १४ हप्ताको गर्भ रहेको प्रहरीले जनाएको छ ।१३ गते दिउसोे घटना भए पनि प्रहरीले साँझ ७ बजे मात्र घटना बारे थाहाँ पाएको थियो ।लक्ष्मी स्टाफ नर्स समेत रहेकी छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार