सिंगो गाँउ नै काँग्रेसमा प्रबेश

बेलबारी ।

बेलबारी नगरपालिका ववा नम्बर ९ स्थित बैराखुनी गाँउका बिभिन्न पार्टीमा क्रियाशिल १ सय ५० बढी स्थानीय नेपाली काँग्रेसमा प्रबेश गरेका छन ।

शनिबार बिहान स्थानीय कृष्ण युवा क्लबको आयोजनामा बैराखुनीमा आयोजित पार्टी प्रबेश कार्यक्रममा सिंगो गाँउका स्थानीय काँग्रेसमा प्रबेश गरेका हुन । प्रबेश गर्नेमा नेकपा र प्रजातन्त्र पार्टीका बढी रहेका छन । उनीहरुले काँग्रेस मात्र गरिब तथा असाहयहरुको पार्टी भएकोले काँग्रेसमा प्रबेश गरेको बताएका छन ।

उनीहरुलाई पार्टी प्रबेश गराउँदै नेपाली काँग्रेस महासमिति सदस्य तथा नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले माघे सक्रान्ति सम्ममा छुटेका कोही भए नेपाली काँग्रेसमा प्रबेश गर्न र सो गाँउलाई कम्युनिष्ट पार्टी मुत्त गाँउ घोषणा गरिने बताए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य राजकुमार लिम्बुले जनताले नेपाली काँग्रेसलाई बिश्वास गर्न थालिएको र काँग्रेसप्रति जनलहर बढेको बताए । महासमिति सदस्य भौँसीदेबी खवास,क्लबका अध्यक्ष अंगद खवास लगायतले कार्यक्रममा बोलेका थिए ।

नेपाली काँग्रेस बेलबारीका सहसंयोजक बद्रीनारायण मण्डलको सभापतित्वमा भएको कार्यक्रम नेपाली काँग्रेस वडा नम्बर ९ का सचिब सन्तोष भट्टराईले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाल महिला संघकी जिल्ला सदस्य ईन्दिरा शर्मा,तरुण दल क्षेत्र नम्बर ३ का अध्यक्ष छत्र लिम्बु लगायत स्थानीय नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार