नेपाल आईडलमा नाजिर हुसैनको गेटअप देखेर जर्जहरु छक्क (भिडियो सहित)

अन्तरास्ट्रिय फ्रेन्चाईज शोले नेपालमा पछिल्लो समय निक्कै ठूलो स्थान पाउदै गएको छ । जस्ले गर्दा नेपाली रियालिटी शो पनि अब क्वालिटिको हुनु पर्छ भन्ने चेतना भए संगै केही शोहरु एचडी क्वालिटिमा स्तरिय रुपले प्रसारण भैसकेको छ ।

यता ३ वर्ष अघिदेखि नेपाल भित्रिएको “नेपाल आईडल” को यतिवेला तेस्रो सिजनको अडिसनहरु टेलिभिजनमा प्रसारण भैरहेको छ । यस्तैमा अभिनेता नाजिर हुसैन पनि अडिसन दिन पुगेका छन् ।

उनी अडिसनमा आफ्नो रियल गेटअपमा नभै अर्कै गेटअपमा पुगेका थिए । आवाज पनि केही रुपमा परिवर्तन गर्दै गाएपनी नाजिर नै हुन भन्ने ठम्याउन सकिन्थ्यो । उनले निर्णायकहरुलाई खुबै मनोरञ्जन दिए भने उनले सुरुमा “चुपचाप यसैगरी” बोलको गीत सुर न तालमा गाउदा निर्णायकहरु ट्वा परे ।

त्यस पश्चात् उनले भोजपुरी गीत गाउने भन्दै “इ कैसन” गीत गाएका थिए । जुन गीत सुनेर जर्जको रुपमा रहेका ईन्दिरा जोशी मुर्छा परे । यस्तै नाजिरले बिरगंज अडिसनमा आफ्नो नाम पनि लुकाएर वसन्त शाह बताए ।

सेतो ज्याकेटमा जुँगा संगै कैलो कपाल पनि नक्कली लगाएका नाजिरको रुपनै अलग देखिएको थियो । नाजिरले ईन्दिरालाई ‘हग’ गर्न मिल्छ भन्दा ईन्दिराले ‘नो’ जवाफ दिदै असम्भव भनिन । त्यसपछि टोपी, चस्मा, जुँगा र कपाल हटाएपछि उनको असली रुप देखियो । जुन देख्दा ईन्दिरा छक्क परिन ।

यता कालिप्रसादले सोही गेटअप गर्दै नाजिरलाई गीत गाउन लगाएर जर्जिङ गरेको पल हेर्न लायक छ । जुन बेला नाजिरले ‘बिस्तारामा तिमिलाई सम्झेर’ बोलको गित गाए । यो कार्य प्री-प्लानिङ मै गरिएको हो भने जर्जहरुलाई भने थाहा नभएको बुझ्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार