लिस्बन।
पोर्चुगलको लिरियामा आफ्नी प्रेमिकाको हत्या गर्ने युवा जेल चलन भएका छन् ।
शुक्रवार राति आफ़्न्नै निवासमा उनले आफ्ना २ र ५ बर्षका नाबालककै अगाडी धारिलो हतियार प्रहार गर्दै आफ्नी प्रेमिकाको गर्धन छिनालेका थिए।
पक्राउपछि अदालतमा उपस्थित गराईएका उनलाई लिरिया अदालतले जेल चलानको आदेश दिएको हो।
आफ्नै प्रेमिकाको हत्या गर्ने ब्राजिलका नागरिक एडिन्सन भेलेंसियो आफ्नी प्रेमिका र २ सन्तानका साथ लिरियामा बस्दै आएका थिए। आफ्नी प्रेमिकासँग भनाभन भएपछि धारिलो हतियार प्रहारले घाटी छिनालेपछी उनले प्रहरीलाई आफै खबर गरेर फरार भएका थिए।
उनको खोजीमा खटिएको प्रहरीले उनलाई चेज गर्दा पोम्बाल नजिक IC2 हाइवेमा उनको गाडी दुर्घटना भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।