सिपी गजुरेलसहित दर्जनौं नेता गिरफ्तार

काठमाडौं।

नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलगजुरेलसहित दर्जनौं नेता पक्राउ परेका छन् ।

भारतले सीमा मिचेको विषयमा आयोजित विरोध प्रदर्शनका क्रममा प्रहरीले गजुरेललाई पक्राउ गरेको हो।

माइतीघर मण्डलाबाट शुरु भएको जुलुस सिंहदरबारमा ज्ञापनपत्र बुझाउन जाने क्रममा सिपी गजुरेलसहित दर्जनौं नेता गिरफ्तार गरेको हो ।

पक्राउ पर्नेहरुमा देजमो नेपालका अध्यक्ष सीपी गजुरेल, महासचिव परी थापा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ, फुर्नाम्गेल मोक्तान, दीपक शाही, बसन्त बगोटी, हरिकृष्ण गजुरेल, खर्गेन्द्र छन्त्याल, पदम भण्डारी, ढोगप्रसाद अधिकारी, मिनप्रसाद गिरी, अमिट योञ्जन, सुन्दर श्रेष्ठ र नरेन्द्र कार्की रहेका छन् । गिरफ्तार नेता कार्यकर्ताहरुलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लवमा राखिएको छ ।

घाइते मध्ये सुनिता बुढाथोकीको हात भाँच्चिएको छ भने घाइते हुने अन्य नेता कार्यकर्ताहरुमा दिनेश शर्मा, सुरेश श्रेष्ठ, बसन्त बोगटी, खगेन्द्र छन्त्याल, शारदा महत लगायत रहेका छन् । घाइतेहरुलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको छ ।

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन माइतीघर मण्डलामा जम्मा भई नारा जुलुससहित गएको मोर्चाको टोलीलाई हनुमानस्थान नपुग्दै धोवी खोला नजिक भाटभटेनी अगाडि प्रहरीले रोकेको थियो । मोर्चाको टोलीले निषेधित स्थानसम्म जाने बताउँदै अगाडि बढ्न खोज्दा इन्स्पेक्टर बिबि पौडेलको नेतृत्वमा रहेको प्रहरी टोली एक्कासी दमनमा उत्रिएको थियो । प्रहरी दमनका बाबजुद मोर्चाले घटनास्थलमै विरोध प्रदर्शन गर्दै कोणसभा समेत सम्पन्न गरेको छ ।

मोर्चालाई उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीले दिउसो २ बजे सिंहदरबारस्थित आफ्नो कक्षमा ज्ञापन पत्रका लागि समय दिएका थिए । आफैले बोलाएर मोर्चाका नेता कार्यकर्तामाथि सरकारले निर्मम दमन गरेको भन्दै मोर्चाका नेता कार्यकर्ताहरुले व्यापक विरोध गरेका छन् । नेताहरुले प्रहरी दमनलाई सरकारको फासिवादी दमनको नाङ्गो हर्कत भनी टिप्पणी गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार