चितवन ।
चितवनमा एकजना युवकको शव फेलापरेको छ । काभ्रेका कृष्णकुमार मानन्धर चितवनको रत्ननगरमा मृतावस्थामा फेलापरेका हुन् ।
रत्ननगरमा भएको नेपाल जेसिजको ४६औं महाधिवेशनमा सहभागी हुन काभ्रेबाट आएका काभ्रे जेसिजका कार्यकारिणी उपाध्यक्ष मानन्धरको शव आइतबार बेलुका फेलापरेको प्रहरीले जनाएको छ ।
शुक्रबारदेखि हराइरहेका मानन्धरको शव रत्ननगर नगरपालिका–९ स्थित एक इनारमा भेटिएको हो ।
घटनाको विषयमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक भावेस रिमालले जानकारी दिए ।
मानन्धरको शव इनारबाट निकालेर ‘पोस्टमार्टम’का लागि पठाइएको प्रहरीले जनाएको छ ।
परिवारको आग्रहमा उनको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइएको छ ।