– प्रदिप थिङ् तामाङ्
मेरो तारीफ गर वा मलाई बदनाम गर !
जे कुरा गर्न मन छ लुकेर हैन खुलेआम गर !!
झुकाएर नजर आफै फुकाउछौ अधर !
भो अब हुन छैन बद्नाम अर्कै जोरजाम गर !!
भविस्य खोज्न हैन आफुलाई खोज्न दौड !
सबको अन्त्य निस्चित छ आउ विश्राम गर !!
त्येही आनन्दले नै मलाई झनझन बिजाउछ !
मान्छेबाट राक्षष बनाउने स्पर्शको रोकथाम गर !!
यो साँझमा एकान्तमा सौन्दर्य विच्छाउछौ भने !
फेरी अस्ताउने छैन जाउ यौवनको लिलाम गर !!
( गजलकार तामांग समाज पोर्चुगलका उपाध्यक्ष हुन्।)