गुङ्गोलाई पत्र

-सुरेश जोशी

एउटा पत्र लेख्न मन ‘थ्यो ,स्वघोषित सभ्यहरु हो
खेल तिम्रै ,रेफ्री तिम्रै ,भएको त्यो खेल जुन’ थ्यो
सक्छौ भने खेलका लागि, भर्ना गर खेलाडीलाई
प्रशिक्षक त झनै नँया ,निकालीदेउ झेलाड़ीलाई |

मिठो तिम्रो खेलको नारा ,तर स्वाद छैन खेलको
हेर गुङ्गा अशभ्य हो ,नियम कानून खै त खेलको
दियौ फुस्रा आस्वाशन, खेलाडीलाई रित्तै पारी
खाई र’छौ चोक्टा सबै , अरुलाई केवल करी |

तिम्रा मिठा कुराहरुमा ,सायद दर्शक म नि रमे
छेऊ मै उभी मुकदर्शक झैँ ,तिम्र कुरा खुबै सुने
देश बनाउने दर्शक हामी ,न अल्झाउ हे गुंगाहरु हो
गर बरु समिक्षा यहाँ ,खेल तिम्रो जुन थ्यो हिजो |

विश्लेषण जसले गर्छ , भन्छौ अ’रे उसलाई पागल
भन्छौ बरु आ’ओ! पागल, नाचौ संगै बजाउ मादल
धेरै हेरे नाँच तिम्रो , न ताल थ्यो न त ढंग
दृष्ठीकोण शुन्य तिमी ,के नै ल्याउछौ भन उमङ्ग |

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार