पोर्तुगलमा २६०४ औं ल्होछार सम्पन्न ! ( फोटो फिचर )

लिस्बन ।

पोर्तुगलमा रहेका गुरुङहरुले २६०४ औं ल्होछार तमु ल्होछार साँस्कृतिक कार्यक्रमसहित मनाएका छन् । कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रमुखहरुले पनि ल्होछारका अवसरमा शुभकामना आदानप्रदान गरे ।

साँस्कृतिक कार्यक्रममा नेपालबाट आएका भूमि गुरुङलगायत पोर्चुगलमै रहेका कलाकारहरुले आ-आफ्ना गीत र नाचहरु प्रस्तुत गरेका थिए । तमु भेषभूषासहित उपस्थित तमु र गैह्र तमु सहभागीहरु कलाकारहरुका प्रस्तुतिसँगै नाच्दै रमाइलो गरे ।

तमु समाज पोर्तुगलका अध्यक्ष विकास गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा , सचिव तारा गुरुङले संचालन र उपाध्यक्ष मिलन तमुको स्वागत मन्तव्य राखेका थिए ।


फोटो : अर्जुन जयसवाल

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार