विवादमा परे पनि टिकटकले सन् २०१९ मा कमायो ठूलो नाफा

काठमाडाैं|

लोकप्रिय भिडियो शेयरिङ याप टिकटकले सन् २०१९ को अन्तिम तीन महिनामा कम्पनीको इतिहासकै सबभन्दा बढी नाफा कमाएको छ ।सूचना प्रविधि उद्योगको विश्लेषण गर्ने संस्था सेन्सरटावरका र्यान्डी नेल्सनले बताएअनुसार, टिकटकले पछिल्लो त्रैमासिकमा ८ करोड ७० लाख डलर नाफा कमाएको छ ।-याप स्टोर र गूगल प्लेलाई पैसा बुझाएपछि टिकटकले ६ करोड २० करोड खुद नाफा कमाएको हो ।

यो चीनबाहेक टिकटक चल्ने अन्य सबै मुलुकबाट आएको नाफा हो ।सन् २०१८ को त्यही अवधिको नाफाका तुलनामा टिकटकले सन् २०१९ मा ५२१ प्रतिशत नाफा कमाएको नेल्सनले जानकारी दिए ।

सार्वजनिक गरिएको जम्मा दुई वर्षमा टिकटक अमेरिकामा सबभन्दा बढी डाउनलोड गरिने याप बन्यो । सन् २०१९ मा टिकटक ७५ करोडपटक डाउनलोड गरियो ।टिकटकमा प्रयोगकर्ताहरूले साना संगीतबद्ध भिडियो रेकर्ड गरेर शेयर गर्न पाउँछन् ।

अघिल्लो साता अमेरिकी सेनाले सबै सरकारी डिभाइसमा टिकटकमाथि प्रतिबन्ध लगाइने किनकि यो बनाउने कम्पनी बाइटडान्सले डेटा संकलन गरेर चिनियाँ सरकारलाई बुझाउने गरेको बताएको थियो ।अनि गत अप्रिल महिनामा यौन दुराचारीहरूले नौ वर्षे बालबालिकालाई समेत यौनसम्बन्धी सन्देश पठाउन टिकटक दुरुपयोग गर्ने गरेको रिपोर्ट आएको थियो ।

एजेन्सी

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार