पत्रकारितालाई पेशा र पैसासँग मात्रै तुलना गर्नु न्यायोचित होला ?

नयाँ वर्षलाई स्वागत गरिरहँदा हामीले आफ्नो नयाँ सोंचलाई पनि उत्तिकै स्वागत गर्न जरुरी छ । आफुलाई नबदली दुनियाँ बदल्न सकिँदैन । दुनियाँ बदल्न चाहन्छौं भने पहिले आफैंलाई बदलौं । नयाँ वर्षको शुभकामनामा हामी यत्ति भन्न चाहन्छौं ।

पेशा जीवन यापनका लागि हो । पेशा आर्थिकोपार्जनका लागि पनि हो । यसको सिधा अर्थ पेशा पैसा कमाउनका लागि हो । तर, पेशा के पैसा कमाउनका लागि मात्रै हो ? हामीले गर्ने पेशाले हाम्रो मात्रै कल्याण गर्छ ? के हामी समाजका सदस्य होइनौं ? के हामी यही समाजले भोग्ने दुःख सुखका साक्षी होइनौं ? के हामी हाम्रो पेशासँगै समाजलाई योगदान दिन सक्दैनौं ? सक्छौं भने कसरी ? हो आज हामी यी र यस्तै विषयमा छलफल गर्छौं ।

हामीले पत्रकारिताका कुरा गर्यौं, कलाकारिताका कुरा गर्यौं, संगीतका कुरा गर्यौं, अनि समाजसेवाका कुरा गर्यौं । समग्रमा मनदेखि समाजसम्मका कुरा गर्यौं । हरेक व्यक्ति समाजको एउटा सदस्य हो । समाजको हितका लागि व्यक्ति व्यक्तिहरुको योगदान आवश्यक छ । समाज कहिल्यै खराब वा असल हुँदैन । समाजलाई असल वा खराब बनाउने त व्यक्तिले हो । असल सोंचका साथ सत्कर्ममा लागौं, समाज सधैं सुन्दर बन्छ ।

संचारकर्मी नरेश भट्टराईसँग नेपाल टक्समा यादव देवकोटाको बिशेष अन्तरंग !

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार