एजेन्सी।
विज्ञहरुले चेतावनी दिएका छन् कि बर्तमान अवस्थामा जस्तो धुम्रपान तुरुन्तै त्याग्नुपर्ने आवश्यकता कहिले पनि थिएन।
बेलायती स्वास्थ्य विज्ञहरुले धुम्रपान गर्नेहरुलाई तुरुन्तै त्याग्न सुझाएका छन्।
विज्ञहरुका अनुसार धुम्रपान गर्नेहरुलाई धुम्रपान नगर्नेहरुभन्दा कोरोनाको संक्रमण १४ गुणा बढी हुन्छ।
बेलायती जनस्वास्थ्य बिज्ञ जोन न्युटनका अनुसार, कोरोना संक्रमणको बर्तमान महामारीको समयमा धुम्रपान गर्नेहरुके तुरुन्तै त्याग्नु नै सबैका लागि उत्तम छ , किन कि उनीहरुमा संक्रमणको जोखिम नै बढी छ। संक्रमित भएपछि पनि रिकभर हुने सम्भावना न्यून रहन्छ।
कोभिड १९ ले स्वासप्रस्वास प्रणालीमा आक्रमण गर्ने भएकोले धुम्रपान गर्नेहरुमा उच्च जोखिम भएको हो।