डब्ल्यूएचको सुझाव: हावाबाट समेत कोरोना फैलिन्छ, स्वास्थ्यकर्मी सतर्क बनौ

काठमाडौं |

विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीहरुलाई हवाई सावधानी (airborne precautions) अपनाउन आग्रह गरेका छन् । पछिल्लो अध्यययनले कोरोन भाइरस केही निश्चित क्षेत्रमा हावामा समेत बाँच्न सक्ने भएकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु विशेष चनाखो हुनु पर्ने बताएको हो ।

संगठनका अधिकारीहरुले कोरोना भाइरस हावायुक्त पनि हुने देखिएको, यद्यपि यो कुरा उक्त स्थानको तापमान तथा आद्रतामा निर्भर रहने बताएको छ ।संगठनले हालै गरिएको अनुसन्धानपछि यो नयाँ रहस्य पत्ता लागेको केही घण्टाअघि गरिएको भर्चुअल पत्रकार सम्मेलनमा बताइएको छ ।

यो भाइरस थुक, सिंगान अथवा तरल पदार्थको सानो थोपा (हाछयू र खोकीपछि) बाट पनि सर्न सक्छ, विश्व् स्वास्थ्य संगठनकी डा.मारिया भान केर्खोले पत्रकारहरुलाई भनेकी छिन्- ‘अनुसन्धानले भारइसहरु हावामा लामो समयसम्म रहने देखिएको छ ।’उनी भन्छिन्-‘त्यसैले अबका दिनमा स्वास्थ्य क्षेत्रमा कार्यरत शक्तिहरुले अतिरिक्त सावधानी अनुपानउ पर्ने भएको छ, खासगरी विजारमीहरुको उपचारको क्रममा ।’ संगठनका अधिकृतहरुले स्वास प्रस्वास सम्बन्धित ररोग मानिसबाट मानिसको सम्पर्कले, सिंगान र खोकि पछि निस्कने थोपाले सर्दछ । त्यसक्रममा कोरोना भाइरस हावामा समेत लामो समयसम्म रहने देखिएको छ ।

कोरोना भाइरुसका प्रकोप विश्वका अधिकांश देशमाहरु फैलिएको तथा प्रत्येक देशको मौसम उस्तै नहुने भएकाले स्वास्थ्कर्मीहरु थप चनाखो हुनु पर्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको हो । वैज्ञानिकहरुले खासगरी कसरी आद्रता, तापक्रम तथा परावैजनी किरणहरुले रोगलाई प्रभाव पार्ने तथा भाइसरहरु भिन्न भिन्न सतह (स्टिलमा पनि) कति लामो समयस्म रहन्छ भन्ने कुरा विचार गरिरहेका छन् ।संगठनले स्वास्थ्कर्मीहरुलाई एन-९५ मास्क नै लगाउन भनेको छ, किनभने तिनले ९५ प्रतिशत तरल पदार्थबाट बचाउँछन् । यसअघि, विश्व स्वास्थ्य संगठनले विगतमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिबाट तीन कदमको दूरी पनि पर्याप्त हुन्छ भनेकोमा अमेरिकाका वैज्ञानिकहरुले संक्रमणबाट बच्नका लागि सामाजिक दुरीको हाल चलिरहेको मोडललाई प्रभावहीन बताएका थिए ।यो कुरा अमेरिकन मेडिकल एसोसिएशनले आफ्नो जर्नलमा प्रकाशित गरेको छ ।

कोरोना भाइरस जस्तो खतरनाक संक्रमणबाट बच्नका लागि सामाजिक दुरीको दायरालाई अब बढाउनु पर्ने भएको छ । अब १–२ फीट होइन, कम्तिमा २७ फीट (करिव आठ मिटर) को सामाजिक दुरी बनाउनु पर्ने भएको छ । यस्तो किन भनिएको हो भने संक्रमित व्यक्तिले हाछयू गर्दा अथवा खोक्दा हवामा उपस्थित भाइरसले २७ फीटको दुरी तय गर्न सक्छ ।अर्को शब्दमा भन्नु पर्दा यदि कुनै संक्रमित व्यक्तिले २६ फीटको दुरीमा रहेर हाछयू गरिरहेको छ भने उसले निकालेको सिंगानको थोपा अर्को व्यक्तिसम्म पुग्न सक्छ र दोस्रो व्यक्ति संक्रमणको चपेटामा पर्न सक्छ ।

यो अनुसन्धन अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी) का वैज्ञानिकहरुले गरेका हुन् ।यति मात्र होइन, कोरोना भाइरसकाका हावामा लामो समयसम्म जीवित समेत रहन सक्छन् । उनले भनेका छन्- ‘ड्रपलेट (छिट्टाहरु) हरुले जमिनको सतहहरुलाई पनि प्रदूषित गर्न सक्छ । यसका स–साना थोपाहरु समेत लामो समयसम्म हावामा उपस्थित भरहन्छन् ।’ वैज्ञानिहरुका यदि सामाजिक दूरीका तरिकाहरुमा परिवर्तन ल्याइएन भने यो संक्रमण रोकिने पक्षमा छैन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार