इन्दिरा रानामगर पाकिस्तानकी मलाला युसुफ,अमेरिकाका जोन उड’सँगै सन् २०१४ मा वल्र्ड चिल्ड्रेन प्राइजकी प्रतिस्पर्धी हुन्।
बालअधिकारका क्षेत्रमा काम गर्नेलाई दि वल्र्ड चिल्ड्रेन पुरुस्कार दिइन्छ । मनोनयनमा परेकी इन्दिरा वल्र्ड चिल्ड्रेन प्राइजद्वारा सम्मानित भएकी थिइन् ।
इन्दिरा स्वदेश भन्दा पनि विदेशमा बालबालिका क्षेत्रमा काम गर्नेमा यिनको नाम कहिले छुटअहिले सम्म इन्दिरा रानामगर करिव १५ हजारकी आमा बनीसकेकी छिन् । इन्दिरा पिए नेपालकी संस्थापक अध्यक्ष हुन् । कोरोनाको कहरले इन्दिराको अहिले दैनिकी फेरिएको छ । साना–साना बालबालिकाको स्याहारसँगै यिनी सडकका बालबािलकाहरुलाई खाना खुवाउन व्यस्त छिन् ।
हुन त सडकका बालबालिका यिनको उत्तरदायित्व र संस्थाको अन्तरगत पर्दैन । इन्दिरा भन्छिन् “म अली भावुक मान्छे हो । मलाई बच्चाहरुको माया धेरै लाग्छ ।तयही भएर म खाना पकाएर यहाँ पुग्छु”। प्रत्येक दिन साँझ ५ः३० बजे ठमेलमा सकड बालबालिकाहरु आमा(इन्दिरा) लाई पर्खेर बसेका हुन्छ । प्रहरीले भिड गर्न नदिने हुनाले इन्दिरा त्यहाँ पुगेपछि मात्र मकैको दाना कढाईमा फुरे झै निस्कन्छन् ।
इन्दिरासँग अहिले १० जना साना बालबालिकाहरु भएकोले यिनले निकै सुरक्षा अप्नाएकी छिन् । महाविर पुन कहाँ गएर पिपीई मागेर ल्याइन् । अहिले सडकमा निस्कदा यही पिपीई लगाएर निस्कन्छीन् । ठमेल क्षेत्र वरपरका सडकमा बस्ने २५ जनालाई दैनिक खाना खुवाउने इन्दिराले उनीहरुलाई हात नधोइकन खाना खान अनुमती दिएको छैन । सडक बालबालिकाहरुलाई सावुन, मिनरल वाटरको एउटा बोतल समेत दिएकी छिन् ।