– गणेश पाण्डेय, भीओएन ।
पोर्तुगलमा कोरोना भाइरसको महामारीबाट उत्पन्न संकट र समस्या न्यूनीकरणकालागि गठित समितिमा एनआरएनए पोर्चुगलको कोषको ४१ हजार युरो कहाँ छ भनेर सोधेपछि ” कोरोना राहत समिती ” बाट संघका पदाधिकारीहरुको भागाभाग भएको छ।
” सार्वजनिक रुपमै संघको कोषको रकम हिनामिनाको प्रश्न उठिसकेपछि तुरुन्तै आर्थिक पारदर्शिता देखाउदै सबै बिवरण सार्वजनिक गरिदिएको भए आम नेपालीको संघप्रति आस्था र बिश्वास बढ्थ्यो, तर उल्टै प्रतिकारमा उत्रिने र गैरजिम्मेवार हुदै तर्किदै हिड्ने नेतृत्वको व्यवहारले गर्दा संघप्रति बितृष्णा झनै बढ्दो छ।”
” कोरोना राहत समिती ” को क्लोज फेसबुक ग्रुपमा महामारी र पीडाको यो समयमा एनआरएनए पोर्चुगलको कोषको ४१ हजार युरो कहाँ छ , त्यसलाई प्रयोग गरौ भनेर सोधिएको थियो। यो प्रश्न सोध्नासाथ एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले ग्रुप आफै छोडेर भागे। उनलाई कन्सुलेटले प्रतिनिधीले फेरी ग्रुपमा जोडे।
यो पनि पढ्नुहोस्। ५८ जनालाई बाढीएको राहतमा अनियमितता भएपछि गैरेले क्षतिपूर्ति तिर्ने, लुकाईयो निर्णय – अब ३० अप्रिलबाट समितिको निर्देशनमा राहत बाडिने
सार्वजनिक चासोको बिषयमा प्रश्न सोध्दा संघका अध्यक्ष प्रश्नको प्रतिकार गर्न नसकेपछि ग्रुप नै छोडेर भागे। ” कोरोना राहत समिती ” को ग्रुप निर्माण गर्ने र त्यस ग्रुपमा पोर्चुगलका विभिन्न संघसंस्थाका सामाजिक व्यक्तित्व र अगुवाहरुलाई गैरेले नै जोडेका थिए। गैरेलाई ग्रुपमा फेरी जोडिएपनि उनले प्रश्नको उत्तर दिन सकेनन् र फेरी आफै आउट भए।
” सार्वजनिक रुपमै संघको कोषको रकम हिनामिनाको प्रश्न उठिसकेपछि तुरुन्तै आर्थिक पारदर्शिता देखाउदै सबै बिवरण सार्वजनिक गरिदिएको भए आम नेपालीको संघप्रति आस्था र बिश्वास बढ्थ्यो, तर उल्टै प्रतिकारमा उत्रिने र गैरजिम्मेवार हुदै तर्किदै हिड्ने नेतृत्वको व्यवहारले गर्दा संघप्रति बितृष्णा झनै बढ्दो छ।”
यो पनि पढ्नुहोस्। पोर्चुगल : आम नेपालीले दिएको सहयोगमा सेलिब्रिटी समाजसेवी बन्ने होड, गोलमालमा ५८ जनालाई राहत वितरण
संघको कोषको रकमको प्रतिकारमा उत्रिएका संघका कोषाध्यक्ष बिक्रमजंग कुँवरले संस्थागत रुपमा उत्तर दिनुको सट्टा उल्टै सार्वजनिक चासोको बिषयमा प्रश्न सोध्नेहरूलाई ” कहाँ भेट्न आउँ ” भन्दै घुर्की लगाए। उनले पनि प्रश्नहरुको उत्तर दिन नसकेपछि आफैले ग्रुप छोडेर गए। त्यस्तै तुरुन्तै संघका उपाध्यक्ष, सचिव सहित् सबैले ” कोरोना राहत समिती ” को ग्रुपबाट बाहिरिए। एक श्रोतका अनुसार संघको नेतृत्वले संघभित्रका सबै पदाधिकारीहरुलाई ” कोरोना राहत समिती ” को ग्रुप छोड्न उर्दी जारी गरेपछि सबैले त्यो ग्रुप छोडेका हुन्।
” कोरोना राहत समिती ” को फेसबुक ग्रुप निर्माण गर्ने मूल व्यक्ति तिलक गैरे नै ग्रुपमा नरहेपछि र संघका जिम्मेवार व्यक्तिहरु गैरजिम्मेवार भएर समुहबाट अलग भएपछि सो ग्रुपको औचित्य नै नभएको भन्दै कसैले त्यो ग्रुपलाई “कमेडी ग्रुप” बनाईदिए।
यो पढ्न छुट्यो कि ? एनआरएनए पोर्चुगल : आर्थिक खातापाता सबै हरायो, हिसाबकिताब गोलमाल
एनआरएनए पोर्चुगलको २०१७-१९ को कार्यसमितले २०१९-२१ का अध्यक्ष तिलक गैरेको नेतृत्वलाई ४१ हजार २० युरो ५६ सेन्ट हिसाब बुझाएको थियो। त्यसयता संघले प्रत्येक ३-३ महिनामा आर्थिक प्रतिबेदन सार्वजनिक गर्ने भनेतापनि करिव ९-९ महिना भईसक्दा एकपटक पनि आर्थिक हिसाबकिताब सार्वजनिक गरेको छैन।
संघको प्रत्येक बैठकमा कार्यसमितिकै सदस्यहरुले जति नै पटक आर्थिक हिसाकिताब स्पष्ट गर्न भनेतापनि त्यसको सुनवाइ समेत भएको छैन। मिडियामा कयौ पटक यो बिषयहरु उठाईतापनि पनि संघले त्यसलाई सम्बोधन गरेको छैन। संघका आर्थिक खातापाताहरु हराएको र व्यक्तिगत प्रयोजनमा संघको कोषको रकम हिनामिना गरेको श्रोतको दाबी छ।
कोरोना राहत कोषमा १० हजार युरोभन्दा बढी रकम संकलन भईसकेको छ।
पोर्चुगलवासी नेपाली अझै यो प्रश्नको उत्तर खोजिरहेछन्। निरन्तर फलोअपमा छौ।
आर्थिक खातापाता सबै हरायो, हिसाबकिताब गोलमाल – कहाँ छ संघको कोषको ४१ हजार २० युरो ५६ सेन्ट ?