ललित जोशी /लेकुडा , डडेल्धुरा
बाध्यता अनि स्वार्थले वर्षौंको अडान उडाउँछ
केही गर्न सकिन्न आँखै सामु सम्मान उडाउँछ।
म बुझ्छु दुःख कत्ति मान्दिन अनपढ भन्दा
गरिबीमा पेट भर्दा , दिमाग भर्ने ध्यान उडाउँछ ।
मेरो सामु प्यारको मीठा- मीठा बात नगरिदेऊ
प्रिय, यसले अनुहारको हरेक मुस्कान उडाउँछ।
यहाँ हर कोहिको आफ्नै दुश्मन छन्,नियाल्नुस् त
नपत्याए हेर्नु , चिसो हावालाई तुफानले उडाउँछ।