अन्तरङ्गका बातहरु

ललित जोशी/लेकुडा , डडेल्धुरा

 

लेखौं कि नलेखेर छाडौं 
केरकार गरौ या पूर्ण मेटौं
तिमीसँग बिताएका यादहरु !!

देखाउ कि लुकाउ
भरौ कि पोखौ
तिमी प्रतिका भावहरु !!

म सम्झौ कि बिर्सौ
देखाउ कि छुपाउ
सम्झनाका लहरे झुकावहरु !!

अव्यक्त भएर व्यक्त भएका
नबोलेर बोलिएका
केरिएर लेखिएका
छुपाउदा देखिएका
मौनतामै कोलाहल मच्चाउने
अन्तरङ्गका बातहरु !!

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार