सत्यको सहज तिरस्कार

भिम जोशी / लेकुडा , डडेल्धुरा

 

मानिस आज यसरी भौतारिएका छन
कि कसैलाई कसैको मतलब छैन
तितर-बितर कोही कतै कोही कतै
घरबार बिहिन फकिर जस्ता
भाग्यबिहिन लकिर जस्ता ।

कारण समान हो भोग र बिलासिता
जसले समस्या पैदा गर्छ
जिवनलाई अनिश्चित बनाइदिन्छ
यति अनिश्चित कि मान्छे आफुले
आफैलाई बिश्वास गर्न छोडी दिन्छ ।

समस्या र जिन्दगी यस्ता सारथी हुन
जो एक अर्का बिना अस्तित्वबिहिन हुन्छन
जिन्दगी छ त समस्या छ
समस्या छ त जिन्दगी छ
मान्छे जिवनको परिकल्पना गर्छ
त केवल समस्याको सामाधानमा आफुलाई राखेर गर्छ
जती सहजताका साथ ऊ समस्याको सामाधान खोज्छ
त्यति नै आफुलाई काबिल सम्झिन्छ
सायद भ्रमित सफलताको घमण्डले हर्षित हुन्छ
थोरै समयको लागी भए नि किन नहोस ।

उल्झनमा सामाधान खोज्न असमर्थ भए आफुलाई नाकाम 
निरर्थक ,असफल ,र लाचार महसुस गर्छ
हारले थिचिएको बिचारा
बेइज्जतको बढीमा बग्दै
मृत्यु सम्मुख खडा हुन्छ
तितो अनुभव गर्छ
र पनि ऊ अन्जान नै हुन्छ
स्विकार गर्न सक्दैन
सायद सत्यको सहज तिरस्कार गर्छ ।

समस्या जित्नु , जिन्दगी जित्नु हो
जितको खुशी सबैलाईलाई अजिज हुन्छ
जब आफुलाई पहाड जस्तै लागेका
समस्याको हल मिल्छ
तब मान्छेसँग उत्साहको कुनै कमी हुँदैन ।

करोडौ समस्याको ढुकढुकिमा
खल्बली मच्चाउने उत्साहित साहस हुन्छ
जसले एकमुष्ट मनमा सुकुनको सास भर्छ
जब पुन: समस्याले चित पार्छ
मान्छे पुन:अचम्भित हुन्छ
र यो सिलसिला चली रहन्छ
लगातार । ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार