के काम हजुर ?

ललित जोशी / लेकुडा, डडेल्धुरा

सम्मान बिनाकाे सलामीकाे के काम हजुर
मुखले नै ठिक्क पार्ने दानिकाे के काम हजुर ?

जीउँदा सम्म एकनासले गिज्याउँछन भने
मृत्युपछि जाने ती मलामीकाे के काम हजुर ?

फरक आफै व्यक्त हुन्छ सक्कल या नक्कल
पहिचानमा नै खाेट भए नामीकाे के काम हजुर ?

सबैको स्वाभिमानमा आफ्नै हस्ताक्षर चाहन्छाै
वचनमा मात्र सिमित हामीकाे के काम हजुर ?

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार