– पुकार बम
सरकार मलाई चिन्छौ, देख्छौ ??
मलाई कहिले महसुस गर्छौ??
म तिम्रै “काइला”
सुखी नेपाली,
समृद्ध नेपालको,
बिवस निरीह लाचार,
एक जनता ।
दिनभरि रिक्सा चलाएमात्र,
४ परिवारले,
एक छाक टार्न,
हम्मे हम्मे पर्ने,
म तिम्रै जनता ।
सरकार मलाई चिन्छौ, देख्छौ ??
मलाई कहिले महसुस गर्छौ??
म तिम्रै “काइला”
सुखी नेपाली,
समृद्ध नेपालको,
बिवस निरीह लाचार,
एक जनता ।
के जाती कुन्नी,
“सुखी नेपाली, समृद्ध नेपाल”
चुनावको बेला,
गजबै लाग्यो यो नारा,
लाग्यो अब,
हाम्रा सुखका दिन,
आउने भयो,
दिन भरी मजदुरि गर्दा,
दुई छाक,
मज्जाले खान मिल्ने भो ।
खोई,
नाम पनि जन्दिन म,
बालुवाटार र सितलनिवासका,
प्रधानमन्त्री र राष्ट्रपतिले ,
हामी जस्तालाई त,
टन्न्न पेट्भरी मस्त,
सुखी जनता देख्छन रे ।
सरकार मलाई चिन्छौ, देख्छौ ??
मलाई कहिले महसुस गर्छौ??
म तिम्रै “काइला”
सुखी नेपाली,
समृद्ध नेपालको,
बिवस निरीह लाचार,
एक जनता ।
सरकार फुर्सद भए,
म जस्तालाई चिन्न, देख्न र महसुस गर्न,
चक्रपथ एक फन्को लगाउ,
खुलामंच र पशुपतिमा पाइला टेक,
म जस्ता हजारौं त्यही भेट्ने छौ,
तिम्रो आश गरेर कुर्दै गरेका,
बिवस निरीह लाचार,
तिम्रै जनता ।
सरकार मलाई चिन्छौ, देख्छौ ??
मलाई कहिले महसुस गर्छौ??
म तिम्रै “काइला”
सुखी नेपाली,
समृद्ध नेपालको,
बिवस निरीह लाचार,
एक जनता ।