बेलायतले पोर्चुगललाई फेरी असुरक्षित देशको सुचिमा राख्यो, यात्रुहरुले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने !

लिस्बन।

बेलायत सरकारले पोर्चुगललाई फेरी असुरक्षित देशको सुचिमा राखेको छ।

पोर्चुगलबाट बेलायत जाने यात्रुहरुले अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ।

पछिल्लो केही सातादेखि पोर्चुगलमा कोरोना भाइरसका नयाँ संक्रमितहरुको संख्यामा निरन्तर वृद्धि भएपछि बेलायतले पोर्चुगललाई सुरक्षित देशको सूचीबाट हटाएको हो।

पोर्चुगललाई बेलायतले असुरक्षित देशको सुचिमा राख्दै पोर्चुगलबाट आउने यात्रुहरुले १४ दिनको अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम लागु गरेतापनि मदेइरा र आसोरेसबाट बेलायत जाने यात्रुहरुलाई यो नियम लागु हुनेछैन, किन कि त्यहाँ कोरोनाको नयाँ संक्रमितहरु फेला परेका छैनन्।

यो नियम पोर्चुगलको प्रमुख भूभागबाट बेलायत जाने यात्रुहरुको लागि मात्रै लागु हुनेछ।

शनिबार बिहान ४ बजेदेखि पोर्चुगलबाट बेलायत जाने हरेक यात्रुहरुको हकमा यो नियम लागु हुनेछ र प्रत्येक यात्रुले १४ दिनको अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ।

पोर्चुगलमा कोरोनाक कारण पछिल्लो २४ घण्टामा ५८५ संक्रमितभएका छन् भने ३ जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार