पोर्चुगलमा कोरोना संक्रमणको दोश्रो छाल आउनसक्ने चेतावनी : पछिल्लो २४ घण्टामा ६१३ संक्रमित, ४ जनाको ज्यान गयो !

लिस्बन।

पोर्चुगलमा कोरोना भाइरस्का नयाँ संक्रमितहरुको संख्यामा निरन्तर वृद्धि भएपछि स्वास्थ्य महानिर्देशनालयले कोरोना संक्रमणको दोश्रो छाल आउनसक्ने चेतावनी दिएको छ।
पोर्चुगलमा सेप्टेम्बर शुरुदेखि नै निरन्तर कोरोनाक नयाँ संक्रमितहरु वृद्धि भएसंगै यहि रफ्तारमा संक्रमितको संख्या बढेमा केहि दिन वा हप्तामै नै कोरोनाको दोश्रो संक्रमण लहर आउने चेतावनी दिएको हो।

पोर्चुगलमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ६१३ जना संक्रमित भएका छन् भने ४ जनाले ज्यान गुमाएका छन्। मृतकहरुमा ३ जना उत्तरी भागमा र एक जना लिस्बनमा रहेका छन्।

स्वास्थ्य महानिर्देशनालयको तथ्यांक अनुसार पोर्चुगलमा कुल कोरोना संक्रमितको संख्या ६४ हजार ५९४ पुगको छ।

आज मात्रै उत्तरी क्षेत्रमा १७८ जना , लिस्बनमा ३३८ जना , मध्यक्षेत्रमा ५१ , अलेन्तेजोमा २७ जना, अल्गार्भमा १० जना , मदेइरामा ८ जना र आसोरेसमा १ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन्।

संक्रमितहरुमध्ये ४७७ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ भने ६१ जना आइसियुमा छन्।

आज मात्रै ११६ जना निको भएका छन्।यो संगै उपचारपश्चात् निको हुनेको संख्या ४४ हजार १८५ पुगेको छ।

स्वास्थ्य महानिर्देशनालयका अनुसार नयाँ संक्रमितहरुको ५० प्रतिशत बिरामी २०-४९ बर्ष उमेर समुहका छन्।

पोर्चुगलमा कोरोनासँगको लडाईमा स्वास्थ्य सेवा सूचारु गर्न ४ हजार ७०० थप स्वास्थ्यकर्मीहरुलाई नियुक्ति गरिएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

बिगत बिगत २ हप्ता देखि पोर्चुगलमा दैनिक १७ हजार ५०० जनाको कोभिड परिक्षण गरिदैछ।

स्वास्थ्य महानिर्देशनालयको आजको पत्रकार सम्मेलनमा कोरोनाको नयाँ संक्रमितहरु बिशेष गरी २०-४९ बर्षका युवा र काम गर्ने जनशक्तिमा देखिएको बताईएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार