पोर्चुगलमा कोरोनाका नयाँ संक्रमित र मृतकको संख्या आकाशियो : एकै दिनमा १० को मृत्यु, ७७० संक्रमित

लिस्बन।

पोर्चुगलमा कोरोनाका नयाँ संक्रमित र मृतकको संख्या आकाशिएको छ। एकै दिनमा कोरोना संक्रमणबाट १० जनाको ज्यान गएको छ भने ७७० जना नयाँ संक्रमित फेला परेका छन्।

स्वास्थ्य महानिर्देशनालयका अनुसार मृत्यु हुने १० जनामा उत्तरी क्षेत्रमा ५ जना, मध्यक्षेत्रमा २ जना , लिस्बनमा २ जना र अलेन्तेजोमा एक जना रहेका छन्।

पछिल्लो २४ घण्टामा फेला परेका ७७० जना नयाँ संक्रमितहरुमध्ये २५५ जना उत्तरी क्षेत्रमा, ३७३ जना लिस्बनमा, ९७ जना मध्यक्षेत्रमा, १४ जना अलेन्तेजोमा र २७ जना अल्गार्भमा रहेका छन्। त्यस्तै मदेइरामा ३ जना र असोरेसमा एक जना नयाँ संक्रमित फेला परेका छन्।

यो संगै पोर्चुगलमा हालसम्म ६६ हजार ३९६ जना संक्रमित भएको तथ्यांक छ।

४८० जना संक्रमितहरुको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ। ५९ जना आइसियुमा रहेका छन्।

पोर्चुगलमा आज मात्रै २६६ जना कोरोनामुक्त भएका छन् भने हालसम्म ४४ हजार ७९४ जना उपचार पश्चात भईसकेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार