भिम जोशी
धेरै केहि छैन माग्नु ए सरकार , शेष जवानी फिर्ता देउ
चैन ,सुख, शान्ती र सम्बृद्धिका , पूर्ण कहाँनी फिर्ता देउ । ।१ । ।
आकाश चिहाउने छानो होस, आवासको झुत्रा लिवाज हुन
तिमी राख शौख शालीन बन्ने, मलाई मेरो गलानी फिर्ता देउ । ।२ । ।
घर,कोख,सिन्दुर ,देश उजाड्न , तम्सिएका भलादमिहरु
राख जे पायौ सब तिम्रो भो, बस ईमानले रवानी फिर्ता देउ । ।३ । ।
मुटु लुछेर मात्र डकार्ने सत्ताका , प्रतिरुपी सैतान साहेब
हकले माग्दै छु शिर काट्ने उर्दिका, सारा चलानी फिर्ता देउ । ।४ । ।