लिस्बन।
पोर्चुगलमा कोरोनाका नयाँ संक्रमितहरु दिनहु बधिरहेका छन्। स्वास्थ्य विज्ञहरुले कोरोनाको दोश्रो लहर आउने चेतावनी दिएका छन्।
एकै दिनमा ८४९ जना नयाँ संक्रमितहरु फेला परेका छन् भने ५ जनाको ज्यान गरेको छ। शुक्रवार कोरोनाक नयाँ संक्रमित सो संख्या अप्रिल यताकै उच्च हो।
पोर्चुगलमा हालसम्म एक हजार ८९९ ले कोरोनाकै कारण ज्यान गुमाएका छन् भने संक्रमितको कुल संख्या ६८ हजार २५ पुगेको छ।
उपचार पश्चात् ४५ हजार ४०४ जना निको भईसकेका छन्।
शुक्रवार फेला परेका नयाँ संक्रमितहरुमध्ये उत्तरी क्षेत्रमा २८८ जना, मध्यक्षेत्रमा ६६ जना , लिस्बनमा ४३९ जना , अलेन्तेजोमा १६ जना, अल्गार्भमा ३५ जना र मदेइरामा ५ जना रहेका छन्।