बाग्लुङका पहिरो पीडितलाई पोर्चुगलबाट ९ लाख ४० हजार आर्थिक सहयोग !

लिस्बन।

पोर्चुगलबाट बाग्लुङका पहिरो पीडितलाई ९ लाख ४० हजार बढी आर्थिक सहयोग भएको छ।

बाग्लुङ जिल्लाको ढोरपाटन र जैमिनी नगरपालिकामा बाढीपहिरोका पिडितहरुलाई सहयोग गर्न बाग्लुङ समाज पोर्चुगलले सहयोगी हात अगाडी बढाउदै उक्त आर्थिक सहयोग गरेको हो।

बाग्लुङ समाज पोर्चुगलका अध्यक्ष प्रेम खड्काका अनुसार सहयोग उठेको रु ९,४०,७८४: ४० पैसा मध्ये ढोरपाटन नगरपालिकामा रु ८ लाख प्रदान गरिएको छ। जसमा २३ जना मृतकका परिवारलाई रु ९ हजारका दरले र ७३ घर क्षति भएकालाई रु ८ हजारका दरले हस्तान्तरण गरिएको छ। तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा एम्पायर घमबहादुर थापाको सहजीकरणमा उक्त रकम प्रदान गरिएको हो।

यसैगरी जैमिनी नगरपालिकामा रु १ लाख दिइएको छ। जस मध्ये मृतक ३ परिवारका सदस्यलाई रु १५ हजारका दरले र ७ घर पूर्ण क्षति भएका ७ जनालाई रु ९ हजारका दरले प्रदान गरिएको छ। उक्त रकम जिल्ला सहकारी संघ मार्फत वितरण गरिएको हो।

यस्तैगरी तमान र निसिखोला गाउँपालिकाका बाढीपहिरो पीडित पाँच घरपरिवारलाई रु ४० हजार रुपैया वितरण गरिएको छ।

सहयोग गर्नुहुने सबै सहयोगी मनहरुप्रति समाजका अध्यक्ष प्रेम खड्काले आभार व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार