युरोपबाट लोकगायक जेबी ओलीले कसलाई भने “काली आइ लभ यु”

युरोप ।

नेपाली लोक गीतसंगीतमा अब्बल रहेका लोकदोहरी गायक जेबी ओली र सुमधुर स्वरकी धनी गायिका मेलिना राइको लोकदोहोरी गीत “काली आइलभ यु“ सार्वजनिक भएको छ। लोकगायक जेबि ओलीले आफ्नै अफिसियल युट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरेका छन्। गायक ओली लामो समयदेखि बैदेशिक रोजगारीको सिलसिलामा युरोपमा रहेक छन्।

समधुर आवाजमा सजिएको गीत “काली आइलभ यु“ बोलको गीत अडियो जति मिठासपूर्ण ढंगले तयार पारिएको छ, सोहि अनुरुप गायक ओलीकै शब्द,संगीतमा उदाउदा एरेन्जर झलक संगीतमको अति नै मिठास संगीत संयोजन रहेको छ।

उक्त गीतमा चर्चित नृत्य निर्देशक तथा मोडल शंकर बी.सी.,महेन्द्र गौतम,अन्जली अधिकारी, करिश्मा ढकाल उत्कृष्ट अभिनय रहेको छ।

भिडियाेको निर्देशन चर्चित नृत्य निर्देशक तथा मोडल शंकर बी.सी र नरेश वीर सिंहको निर्देशनमा रहेको भिडियोको छायांकन दुर्गा पौडेल रहेको छ। भिडियोको सम्पादन नवीन घर्ती मगरले गरेका छन् ।

गायक ओलीले ठमेल बजारमा,सबको रहर पैसा कमाउने,छाया,घोराही तुल्सिपुर लगाएतका धेरै गीतहरुमा समधुर आवाज सब्द तथा संगीत दिईसकेका छन्। उनका हरेक गीतहरु लोकप्रिय बन्नुको कारण मौलिक संस्कृतिबाट कहिले अलग नरहनु हो ।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार