एनआरएनए पोर्चुगल : संघ मनोमानी ढंगले चलाएको र संघमा बस्दा आफ्नै बेज्जत हुने भन्दै कार्यसमिति सदस्यले दिए राजिनामा !

लिस्बन।

एनआरएनए पोर्चुगल भित्रका अराजक र असामाजिक क्रियाकलापबाट वाक्कदिक्क भएर कार्यसमितिका एक सदस्यले यस्तो कार्यसमितिमा बस्नुको कुनै औचित्य नभएको भन्दै आफ्नो पदबाट राजिनामा दिएका छन्।

एनआरएनए पोर्चुगल सबै नेपालीहरुको साझा संस्था भनिएतापनि संघलाई नेतृत्वले मनोमानी ढंगले चलाएको र कार्यसमितिकै पदाधिकारीहरुले निरन्तर असामाजिक र मारपिट र अराजक क्रियाकलाप गर्दै आईरहको अवस्थामा संघको कार्यसमितिमा बस्नु अशोभनीय भएको र आफ्नै बेज्जत हुने भन्दै कार्यसमिति सदस्य दिपेन्द्र सुबेदीले हिजो राजिनामा दिएका हुन्।

उनको भनाई छ , ” एनआरएनए पोर्चुगलको नेतृत्वमा रहेका केही साथीहरुको गतिबिधिले गर्दा अब म एनआरएनए को सदस्य हुँ भन्न पनि लाज भईसक्यो, त्यसैले राजिनामा दिए। ”

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार